www.tandavnews.com
Fact ~ In search of truth

आयूर्बेद औषधालय बनाउन जग्गादान

 

 

संजय रेग्मी
पर्वत / ताण्डव न्यूज ।

गाउँमा आयुर्वेद औषधालय निर्माण हुने भएपछि पर्वतको मोदी गाउँपालिका ७ राम्जादेउरालीका स्थानीयले जग्गादन गरेका छन । २०७२ सालमा स्थापना भएको औषधालयको आफ्नै जग्गा र भवन नभएपछि स्थानीय ४ जनाले भवन बनाउन ४ रोपनी जग्गा दान गरेका हुन ।

Batas

स्थानीय यदुप्रसाद पौडेलले २ रोपनी ९ आना ३ पैसा २ दाम, पार्वती शाहीले १५ आना २ पैसा १ दाम, विजुला शर्माले २ आना १ पैसा २ दाम र र यमनाथ पौडेल, सुननारायण पौडेल ,जिवनाथ शर्मा र यदुप्रसाद पौडेलले पनि संयुक्त जग्गामध्येको ४ आना जग्गा दान गरको राम्जादेउराली आयूर्बेद औषधालयका प्रमुख कविराज प्रकाशचन्द्र सुबेदीले जानकारी दिए ।

सञ्चालन तथा व्यवस्थापन समितिको निरन्तर प्रयास, जनप्रतिनिधीहरुको चासो र स्थानीयबासीहरुको सक्रियतामा संस्थाको नाममा पास गरिएको सुबेदीले बताए । भवन मागका लागि माथिल्लो निकाय सम्म पहल शुरु भएको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष बसन्तकुमार गुरुङले जानकारी दिए ।

दुई जना प्राविधिक कर्मचारी र दुई जना अन्य कर्मचारी सहित औषधोपचार सेवा दिँदै आएको यो औषधालयमासेवा लिन सहज भएको सर्वसाधारणहरुले बताएका छन । तर, भवन नहुँदा व्यवस्थापनमा भने समस्या रहेको थियो । भवन बनेपछि औषधालयमा उपचार कक्ष, औषधी भण्डारण कक्ष, पञ्चकर्म कक्ष, पूर्वकर्म कक्ष, स्ट्रिम वाथ, शिरोधारा, व्यायम सेवा प्रदान गर्न सकिने सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले समेत उक्त संस्थालाई स्तरउन्नती गर्न पहल गरिरहेका छन् । औषधालयमा राम्जाका अलवा, चित्रे, तिलाहार, कुश्मा नगरपालिका ११ पकुवाका विरामीहरुले उपचार पाउने गरेका छन । पेट, नशा, वाथ, पिनास, पायल्स, स्त्री सम्बन्धि रोगको उपचारका लागि दैनिक २० जना जति बिरामी आउने गरेको बैद्य रामप्रसाद रेग्मीले बताए ।

पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गईरहेको अवस्थामा आयूर्बे्दिक उपचार सेवालाई प्रभावकारी बनाउन राम्जाका बासिन्दा कस्सिएका हुन । पर्वतमा जिल्ला अयुर्वेदिक स्वास्थ्य केन्द्र फलेवास सहित शंकरपोखरी, हुवास, सेतीबेनी र राम्जामा आयुर्वेदिक औषधालय सञ्चालनमा छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.