www.tandavnews.com
Fact ~ In search of truth

प्रलोभनमा पारि ठग्ने सरिता कुमारी राना पक्राउ

 

 

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा विभिन्न बहानामा ठगी गर्दै आइरहेकि एक महिला पक्राउ परेकी छिन् ।

बाग्लुङ जिल्ला वडीगार्ड गाउँपालिका वडा नम्बर ८ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौमा बस्दै आएकी ४२ वर्षीय स्नेहा भनिने ठगी गर्दै आएकि सरिता कुमारी राना पक्राउ परेकि हुन् ।राना काठमाण्डौ दरबारमार्गबाट प्रकाउ परेकि हुन्। ५० भन्दा बढी मानिसहरुसंग ३ करोड ५० लाख रुपैयाँ बराबरको रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ परेको पत्रकार सम्मलेन मार्फत प्रहरीले जानकारी दिएको हो ।

आफ्नो परिवार लण्डनमा रहेको बताउँदै चिनजान व्यक्तिहरुलाई घर जग्गा खरिद, जग्गासंग घर साट्ने जस्ता विभिन्न प्रलोभन देखाउँदै उनले ठगी गर्दै आएको प्रहरीले बतायो ।
१ महिनादेखी फरार राना विरुद्ध माघ १ गतेदेखि प्रहरी कार्यालय पोखरामा उजुरी परेको थियो ।

घर घडेरी मिलाउने, ब्याजमा पैसा मिलाई दिने भन्दै सरिताले रकम लिई ठगी गरेको पिडितको गुनासो छ । पोखरा महानगरपालिकाका नरमाया थापा मगर, तारा पुन थापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले सरीताले ठगी गरेको भन्दैँ जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

घटनाक्रमका बारेमा थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.