www.tandavnews.com
Fact ~ In search of truth

हिउँले भत्कायो त्रिपालका टहरा विद्यालय, पठनपाठनमा समस्या

 

 

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

निरन्तरको हिमपातले विद्यालय परिसरमा त्रिपाल टाँगेर बनाईएका अस्थायी टहरा समेत भत्काएपछि म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीले विद्यालय भवन बगाएपछि बिद्यालयको कक्षा १ देखि ६ सम्मका बिद्यार्थीहरुलाई त्रिपालमुनी राखेर अध्यापन गराउने गरीएको थियो । तर, लगातार परेको हिउँ तिनै टहरामा थुप्रिँदा टहराहरु भत्कीएका छन् ।

यससंगै, हिउँले भत्काएका टहराको मर्मत गरेको भएपनि पटक पटक परेको हिउँका कारण टहराहरु भत्कीएपछि विद्यार्थीहरुलाई राख्ने ठाउँको अभाव भएको छ । ‘भवन अभाबमा टहरामा बसेर पठनपाठन गर्दै आएका विद्यार्थीहरुलाई न्यानो ठाउँमा राखेर पढाउने बन्दोबस्त हुन सकेको छैन् ।’ विद्यालयका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले भने ।

हिमपातले भत्काएका टहरालाई विद्यार्थी र शिक्षकहरुले सामान्य मर्मत गरेको भएपनि बर्षा नरोकिँदा हिउँ पर्ने क्रम पनि रोकिएको छैन् । ‘बिद्यार्थी र हामी मिलेर सामान्य मर्मत त गरेका थियौँ, तर फेरि परेको हिउँले टहरा भत्कायो।’ प्रधानाध्यापक छन्त्यालले थपे, ‘यस्तो जाडोमा त्रिपालमुनी पढ्नु र पढाउनुपर्ने बाध्यता छ । बिद्यार्थीहरु जाडोले लुगलुग काँप्छन । त्रिपालमुनी बस्नु बाहेकको अर्को बिकल्प हामीसंग छैन् ।’

रघुगंगा नदीमा आएको बाढीले विद्यालयको ७ वटा कक्षाकोठा पूर्ण रुपमा क्षती भएका छन् । अहिले केही विद्यार्थीलाई बाँकी रहेका भवनमा राखिएको छ भने कक्षाकोठा अपुग भएकाहरुलाई त्रिपालमुनी राख्ने गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.