www.tandavnews.com
Fact ~ In search of truth

पोखरा प्रर्दशनीकेन्द्रमा माघ १८ देखि ल्होसार महोत्सव

 

 

पोखरा,
ताण्डव न्यूज ।

नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा मञ्जुश्री सम्वत् २८५५ औं प्रथम सोनाम ल्होछार महोत्सव –२०७५ आयोजना हुने भएको छ ।

माघ १८ गतेदेखि माघ २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने महोत्सवको विहिवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । महोत्सवमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको समावेश गरिएको नेपाल तामाङ घेदुङ इकाइका अध्यक्ष लगुराम लोकचनले बताए ।‘महोत्सवमा विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेनछन्,’ उनले भने, महोत्सवले तामाङ समुदायको साँस्कृतिक परिवेशलाई प्रर्वद्धन गर्दछ ।’

महोत्सवमा बाल उद्यान, लोक दाहोरी प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता गोल्डन ढाकाटोपि साँस्कृतिक सामूहिक नृत्य प्रतियोगिता, नेपालमै पहिलो पटक कमेडी नृत्य प्रतियोगिता, जादु द्धारा मनोरञ्जन समेत गराइने कार्यक्रम संयोजक अमन तामाङले जानकारी दिए ।

नृत्य प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार रुपैया साथमा गोल्डेन क्याप र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्धितिय तर्फ २० हजार रुपैया, तृतीय तर्फ १० हजार रुपैया साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिए ।

महोत्सवमा वल्र्डडान्स लिग नेपाल क्वालिफायरका विजेताहरुको प्रस्तुति, जनजाती म्युजियम, तामाङ संस्कृति सम्बन्धि स्टलहरु, कलाकार तथा ब्याण्डहरु प्रोजेक्ट बान, मंगोलियन हाट, नरेन लिम्बु, विजय लामा, आरम्भ तामाङ, मिस्टर डि, अल्मोडा राना उप्रेती, डिमर्चा, भाइ गुरुङ, छेवाङ लामा, निनाद र मिलन लामाको प्रस्तुति रहनेछ ।

यस्तै लोकदोहोरी तर्फ शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, जीवन दाहाल, सुरेन्द्र गुरुङ, करन तामाङ, माया पुन, ज्योती मगर लगायतको बिजोड प्रस्तुति रहने साथै दिपक थापाको जादु तथा पोखरेली माग्ने बुढाको हास्य प्रहसन पनि महोत्सवमा समावेश गरिएको छ ।

३५ लाख खर्च अुनमानित गरिएको महोत्सवमा प्रवेश शुल्क ८० रुपैया लाग्नेछ भने विद्यार्थीलाई ५० रुपैया लाग्ने आयोजक टिमले जनायो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.