www.tandavnews.com
Fact ~ In search of truth

दुई लाख ४० हजार ‘स्मार्ट’ लाइसेन्स छपाइ

काठमाडौं ।

ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नुपर्र्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ । विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए ।

Batas

आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ । महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइरहेको छ । उनले भने, ‘यही गतिमा काम अघि बढ्दा आगामी असारसम्ममा सकिन्छ ।’

विभागका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म छ । नयाँ उपकरणले चारदेखि पाँच अनुमतिपत्र एक घण्टामा छाप्न सक्छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये तीन वटाले काम गर्छन् । पुराना तीन उपकरण र ‘मास प्रिन्टर’ दुवैको प्रयोग गरी बाँकी अनुमतिपत्र छाप्न लागिएको विभागले जनाएको छ ।

विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर किनेको हो । विभागले छपाइ गर्नसक्ने क्षमताभन्दा माग धेरैगुणा बढी हुँदा एक वर्ष सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् ।

कतिपय कार्ड छापिएको लामो समयसम्म सेवाग्राही लिन नआउँदा व्यवस्थापनमा कठिन भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । अनुमतिपत्र परीक्षा लिने र वितरणको काम प्रदेश कार्यालबाटै सञ्चालन भइरहे पनि छाप्ने काम विभागले गर्दै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.