www.tandavnews.com
Fact ~ In search of truth

निजगढमा आवश्यक भन्दा धेरै रुख काटेर ठुलो विमानस्थल बनाउनु भनेको पोखरामा एयरपोर्ट नबन्नु हो ः विश्वप्रकाश शर्मा

पोखरा

ताण्डव न्यूज ।

कम्यूनिष्ट सरकारको एक वर्षको उपलब्धी भ्रष्टाचार भएको नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले आरोप लगाएका छन् । ट्रान्सफरेन्सी इन्टरनेशनले निकालेको तथ्याङ्कको आधारमा कम्यूनिष्ट सरकार गठन भएको एक वर्षको अबधिमा भ्रष्टाचार गर्ने मुलुकको सूचीमा झन अघि गएको देखिएको उनले बताए । शुक्रबार प्रेस यूनियक कास्कीले आयोजना गरेको पत्रकारभेटघाट कार्यक्रममा प्रवक्ता शर्माले बुढीगण्डकी आयोजनाको उदाहरण दिँदै कम्यूनिष्टको सरकारको उपलब्धी भ्रष्टाचार भएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२०० मेगावाट क्षमताको बूढी गण्डकी आयोजनालाई सुनको किस्तीमा राखेर चीनको गेजुवा कम्पनीलाई बुझाएको शर्माले आरोप लगाए । ‘नेपालीले नै बनाउने भनेर पेट्रोलियम पदार्थमा पाँच रुपैयाँको दरले कर काटियो, अहिले पनि काटिराखिएको छ,’ शर्माले भने, ‘यस बहुउदेश्यी परियोजनाको नाममा अर्बाैँ रकम यस बिचमा उठेको छ । तर, नेपाली नागरिकको पैसाबाट बनाउने भनेर संकल्प गरिएको परियोजना सम्मानीय प्रधानमन्त्री ज्यूले रातारात चीनको गेजुवा कम्पनीलाई सुनको किस्तीमा राखेर बुझाउनु भयो । विना प्रतिस्पर्धा अर्बाैँ रुपैयाँको आयोजना बुझाइयो ।’
निजगढमा पनि गडबडी, पाेखरा  विमानस्थ नचलाउने षडयन्त्र 
निजगढ विमानस्थल निर्माणको लागि रुख काट्ने निहुँमा सरकार र पर्यटन मन्त्रीले घोटाला गरेको आरोप उनले लगाए । ‘निजगढ विमानस्थल बनाउन रुख नकाटी बन्दैन । काट्नु पर्छ । रुख त्यति मात्र काट्नु पर्छ जति आवश्यक छ । दोब्बर संख्यामा रुख काट्ने गरी पर्यटन मन्त्रालयले बन मन्त्रालयलाई के आधारमा पत्र लेख्यो,’ उनले पर्यटन मन्त्री रबीन्द्र अधिकारीलाई प्रश्न गर्दै भने, ‘हङकङ र लण्डन जोड्ने भन्दा ठुलो एयरपोर्ट बनाउन लागियो । जहाँ आवश्यक नै छैन । त्यहाँ यत्रो एयरपोर्ट बनाउने भनेको पोखरामा एयरपोर्ट काम छैन भनेको हो नी । यसमा पनि गम्भीर घोटला छ भन्ने हाम्रो आरोप हो ।’
तत्काललाई संसदमा भएको कांग्रेसको आन्दोलन चिकित्सा शिक्षा विद्येयक र डा. गोविन्द केसीको जीवन रक्षाको लागि भएको उनले प्रष्ट पारे । ‘संसदमा भएको हाम्रो आन्दोलन चिकित्सा शिक्षा विद्येयक पारितको विषय र डा. केसीको जीवन रक्षाको लागि हो,’ पत्रकारले संसदमा तपाइँहरुको आन्दोलन किन भन्ने प्रश्नमा उनले भने, ‘सरकारसँग भएको सम्झौता पालना होस् डा.केसीसँग वार्ता होस्, भनेर हो । हामीले अहिले डा.केसीलाई अनसन तोड्नुस मुद्धा नछोड्नुस भनेका छौँ । यो मुद्धा तपाइँको मात्र हैन हाम्रो पनि हो भनेका हौँ । तोड्ने नतोड्ने उहाँको कुरा हो ।’
सरकारले चिकित्सा शिक्षा विद्येयक हामीले पास ग¥यौँ अहिले अनसन तोड्नुस बाँकी कुरा वार्ता मार्फत पुरा गरौँला भनेर सम्म नभनेको भन्दै उनले सरकार जिम्बेवार नरहेको आरोप लगाए । ‘डा.केसीको मागमा तोडमोड भएको छ । भविष्यमा नेपाली कांग्रेसको सरकार भएको दिन गोविन्द केसीको माग पुरा गर्छाैँ । अहिले भएको निर्णय बदर गरेर छोड्छौँ ।’

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.