www.tandavnews.com
Fact ~ In search of truth

शैक्षिक विकासका लागी बलेवा महोत्सव

बागलुङ ।

बलेवाका विभिन्न क्षेत्रको पहिचान बढाउने र शैक्षिकक्षेत्रको विकास गर्ने उद्देश्यले प्रथम बलेवा महोत्सव आयोजना गरिने भएको छ ।

नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको अगुवाइमा बलेवाका सबै क्षेत्रको पहिचान झल्कने गरी आगामी फागुन २ देखि १२ गतेसम्म महोत्सव गर्न लागिएको हो । बलेवामा रहेका कृष्ण गण्डकी क्याम्पसमा अक्षयकोष स्थापना गरेर शैक्षिक क्षेत्रको विकास गर्ने लक्ष्यसहित महोत्सव राखिएको प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

चौबिसे राजाको पालादेखि बलेवाको अस्तित्व रहेकाले तत्कालीन महत्वका वस्तुको बिस्तार र प्रचार गर्ने, बलेवामै रहेका भैरवस्थान, विमानस्थल लगायतको प्रर्वद्धनका लागि पनि महोत्सव उपयोगी हुने बताइएको छ ।

महोत्सवकै अवसर पारेर बलेवा जाने गरी बनेका अग्ला झोलुङ्गे पुल, यान्त्रिक पुल र निर्माणाधीन बञ्जीजम्पको प्रचारप्रसारसमेत हुने उनीहरुको विश्वास छ ।बलेवामा उत्पादन हुने कृषि वस्तुको बजारीकरण, अन्य घरेलु उद्योगको विकास तथा वस्तुको बजार खोज्ने काममा पनि महोत्सव उपयोगी हुने उनीहरुको भनाइ छ ।

महोत्सव सफल बनाउँदा आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा जिल्लाको पहिचान बढ्ने पूर्वसांसद प्रकाश शर्मा पौडेलको भनाई छ ।

बलेवाका रुपमा चिनिने नारायणस्थान, पैँयुपाटा, अमलाचौर, भकुण्डे, रायडाँडा र कुश्मीसेरासमेतलाई समावेश गरेर आगामी दिनमा विभिन्न क्रियाकलाप गर्ने योजना पनि छ । महोत्सवबाट पैसा बचाएर क्याम्पस सञ्चालनका लागि अक्षयकोष बनाउने योजना रहेको आयोजकले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.