www.tandavnews.com
Fact ~ In search of truth

कैलालीका आर्मी विरुद्ध कास्की प्रहरीमा उजुरी

पोखरा
ताण्डव न्यूज ।

एक साता अघि पोखरा–१९ पुरुन्चौरका अर्जुन आर्चायलाई एउटा फेसबुकमा मेसेज आयो । बधाईसहितको मेसेजमा उनलाई उपहार स्वरुप २५ लाख डलर परेको उल्लेख लेखिएको थियो ।

अरु दिन सामान्य हाई हेल्लो गर्ने फेसबुक फ्रेन्डले एक्कासी त्यस्तो पठाउँदा उनलाई पत्याउनै गाह्रो भयो । उनलाई अमेरिकन आर्मीको फोटो प्रोफाइल राखेको महिलाले पठाएकी थिइन् मेसेज । त्यति मात्र होइन, उनलाई विदेशी नम्बरबाट फोन पनि आयो ।

Batas

खुशी हुँदै आचार्यल आफ्नो भतिज किरणलाई सुनाए । किरणलाई पनि त्यही विदेशीको फ्रेन्ड रिक्वेस्ट आयो । उनले ओके गरे । पेपिस डीइमिको नामकी ति महिलाको कुरा कसरी पत्ताउने भन्ने सोचिरहँदा फेसबुक मेसेन्जरमा फोटो आयो । त्यसमा कुरियरबाट रकम पठाएको फोटो आयो । त्यति भएपछि त्यो कुरिएर प्राप्त गर्न रकम पठाउनु पर्ने भन्दै मेसेज आयो ।

 

ती विदेशी महिलाले आफ्नो अकाउण्ट नम्बर पठाईन् । त्यसमा रकम हाल्न मिलेन् । पछि उनले उन्नतकुमार चौधरीको नामको अकाउण्ट नम्बर पठाए । त्यही बैंक खातामा भतिज किरणले १ लाख ५६ हजार ८ सय रुपैया हाल्दिए ।

 

रकम हालेपछि तोकिएको दिनमा कुरियर आई पुगेन् । तर उताबाट फेरी रकम पठाउनु भन्दै फोन भने आईरह्यो । त्यसपछि किरणले ति महिलाको प्रोफाईल केलाए ।

किरणको एक जना साथी जो सिङ्गापुर आर्मिमा थिए, उनी पनि ती महिलासँग म्यूचुअल फ्रेन्ड थिए । किरणले त्यही साथीलाई उनको बारेमा सोधे । साथी ति महिला ठगि गर्दै हिड्ने रहेको जनाकारी दिए । सिङ्गापुरका केही साथीहरुलाई पनि ठगेको बताए ।

त्यसपछि अर्जुन र किरणले बैंकमा कुरा बुझ्न गए । जुन बंैकबाट उन्नतकुमारलाई रकम पठाईएको थियो । त्यहाँ गएर बुझ्दा उन्नतकुमार नेपाली सेनाको भन्ने विवरण बैंकले दियो । उन्नतकुमार गोरखनाथ गण कैलालीमा कार्यरत छन् भन्ने आयो ।

त्यति थाहा भएपछि अर्जुनले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार उन्नत विरुद्ध उजुरी दिएका छन् ।

एसएमएस मात्र होइन फोटो नै आएको हुनाले झुक्किएको भतिज किरणले ताण्डव न्यूजसँग बताए । ‘यस्तो ठगि भएको भन्ने त सुन्दै आएको हो,’ उनले भने, ‘हामीलाई त हाम्रो नामकै कुरियर स्लीप फोटो पठाएपछि आउला भन्ने आशमा रकम पठायौ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.