www.tandavnews.com
Fact ~ In search of truth

कैलाशको शाखा ८७ पुग्यो

पोखरा ।

कैलाश विकास बैंक लिमिटेडले सिराहा जिल्लाको सिराहाबजारमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले हिजो आईतबार देखि औपचारीक कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ सिराहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादबले गरे ।

बैंकको हालसम्म शाखा संख्या ८७ पुगेका छन् भने एटिएम संख्या ३२ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न २ स्थान तथा देशका अन्य ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ । यस बैंकले

अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.