
पोखरा ।
पोखराको प्रचार प्रसार गर्न यहाँका पर्यटन व्यवसायी भारतको सिलगुडी पुगेका छन् ।
नेपाल–भारतका व्यवसायीबीच व्यापार आदानप्रदान गर्न सहज हुने र भारतका उत्तरपूर्वी राज्यबाट पोखरा भ्रमणमा आउने क्रम पनि वर्षेनी बढ्दै गएको सन्दर्भमा पोखराको प्रचार गर्न व्यवसायी त्यहाँ पुगेका हुन् । उत्तरपूर्वी भारतसँग गाढा बन्दै गएको पर्यटकीय सम्बन्धलाई अझै मजबुत बनाउने लक्ष्यका साथ पोखरा पर्यटन परिषद्ले वर्षेनी उक्त क्षेत्रमा प्रर्वद्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आजदेखि भारतको सिलगुडीमा हुने बङ्गाल ट्राभल मार्ट (विटिएम) मा पोखरेली पर्यटन व्यवसायीको सहभागिताबारे जानकारी दिन सिलगुडीमा सोमबार एक कार्यक्रमा आयोजना गरियो । सो अवसरमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले नेपाल र पोखराको पर्यटनको बारेमा जानकारी दिएका थिए।
उत्तरपूर्वी भारतसँग सम्बन्ध गाढा बनाउन प्रर्वद्धनात्मक कार्यक्रम लिएर सिलगुडी पुगेको उनले बताए । प्रर्वद्धनात्मक कार्यक्रमबाट नेपाल–भारत दुवैलाई पर्यटन क्षेत्रमा टेवा पुग्ने उनले बताए । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले उत्तरपूर्वी भारतका सिलगुडी, डुअर्स, ग्याङटोकसाथै सिक्किम, दार्जलिङ, मणिपुर, आसामलगायतका स्थानबाट धेरै भारतीय पर्यटक नेपालको काँकडभिट्टासहित पूर्वीनाका हुँदै आउने गरेको बताए । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.