www.tandavnews.com
Fact ~ In search of truth

किरियापुत्री भवनलाई तीन लाख सहयोग

दमौली।

तनहुँको दमौलीमा बन्दै गरेको किरियापुत्री भवनका लागि व्यवसायी धुव्रकुमार प्रधानले तीन लाख ५१ हजार सहयोग गरेका छन् ।

प्रधानले उक्त रकमको चेक जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेको रोहवरमा भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई सोमबार हस्तान्तरण गरे ।प्रधानले भने, “व्यवसायबाट आर्जन भएको केही रकम सामाजिक क्षेत्रमा खर्चने इच्छाबमोजिम भवन निर्माणका लागि सहयोग गरेको हुँ ।”

भवन निर्माण समितिका अध्यक्ष लम्सालले भने, ‘शहरको साँघुरो र घना बसाइँमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाइ भएको महुसुस गरी भवन निर्माण शुरु गरेका हौ ।’उनका अनुसार भवन निर्माणका लागि मङ्सिर मसान्तसम्म २७ लाख ३६ हजार ८ सय ७१ रुपैयाँ प्राप्त भएको छ । भवन निर्माण गर्न जिल्लाका विभिन्न व्यक्ति तथा सङ्घसंस्था, जिल्ला बाहिरका व्यवसायी र विदेशमा रहेका नेपालीले सहयोग गरेका छन् ।

भवन निर्माणमा हालसम्म ४८ लाख ९७ हजार ३ सय ४८ रुपैयाँ खर्च भएको छ । भवन निर्माणका लागि सहयोग आउने क्रम जारी रहेकाले कोठा थप गर्ने योजना बनाइएको छ । भवनमा कुरुवाहरु बस्ने कक्षबाहेक आठ कोठा रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.