www.tandavnews.com
Fact ~ In search of truth

जिरा मसिना चामलमा यूरिया मल मिसावट

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

शौरभ फुड प्रोडक्टस प्रा.लि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलमा यूरिया मलको मिसावट भएको पाईएको छ । कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले दुर्लुङ्गचोकमा रहेको प्रभु शरणम किराना पसलबाट किनेर लगेको चामलको बोरामा यूरिया मल भेटीएको हो ।

अस्ति साँझ चामल घर लगेको र सोही बोराको चामलको भात पकाएर खाँदा हिजो परिवारका सदस्यलाई झाडापखाला लागेपछि चामलको बोरामा हेर्दा यूरिया मलका दानाहरु देखिएको आचार्यले बताउनुभयो । उपभोक्ताको स्वास्थ्यमाथि उत्पादक कम्पनीले लापरबाही गरेको भन्दै उहाँले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

प्रोडक्टले २०७५ मंसिर २५ गते प्याकिङ्ग गरेको व्याच नं. २९ को सोल्टी जिरा मसिनो चामलको बोरा जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । आचार्यको उजुरी अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभीजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेल सहितको टोलीले उक्त चामलको बोरा नियन्त्रणमा लिनुका साथै सोही बोरा किनिएको पसलमा रहेका सोही कम्पनीका अरु बोराहरुको पनि परिक्षण गरेको छ ।

तर सोही ब्याचका अरु बोरामा भने मिसावट नरहेको पौडेलले बताए। प्रारम्भिक अनुसन्धानका क्रममा चामल उत्पादकले नै त्रुटि गरेको निष्कर्षमा पुगिएको र थप अनुसन्धानका लागि चामल प्रयोगशालामा पठाइने उनको भनाई छ ।

चामलमा यूरिया भेटिएको बारे अनुसन्धान भैरहेको र उपभोक्ताको स्वास्थ्यमाथि अहित हुने गरी विक्रि वितरण गरेको पाईएमा कानुन अनुसार आवश्यक कारवार्ही गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.