www.tandavnews.com
Fact ~ In search of truth

मनाङः र्मस्याङ्दी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

मनाङ ।

निरन्तरको वर्षाले र्मस्याङ्दी नदीको बहाब कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो ।

सूचनामा भनिएको छ, ‘यस वर्षको मनसुन अवधि कायमै रहेको हुँदा जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सचेत र सतर्क रहनु हुन जिल्ला विपद् व्यवस्थापन समितिबाट सूचीत तथा अनुरोध गरिन्छ ।’

Batas

चामे गाउँपालिकाको– ४, ५ र नासो गाउँपालिकाको– १ को तालगाउँ नदीकै किनारमा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको हो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने,‘नासो १ तालगाउँ र्मस्याङ्दी नदी किनारमै छ । यहाँ विशेष सावधानी अपनाउनु पर्छ । सिरान क्षेत्रमा भीषण वर्षा भएकाले खोलाको बहावको जोखिम रहेकाले तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन आग्रह गर्दछु ।’

जिल्लामा गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिराले सयौँ घरपरिवार विस्थापित भएका छन् । यहाँका सार्वजनिक र निजी संरचनामा बाढीपहिराले ठूलो क्षति पु¥याएको छ । जिल्ला अहिले सडक सञ्जालदेखि विद्युत् र इन्टरनेट सेवा लगायतबाट वञ्चित भएका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.