www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश कर्मचारीको मनपरी : योजनामा हालिमुहाली

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

पोखरा–२० भलाममा प्रदेश कार्यालयकै कर्मचारीले मनपरी गरेको आरोप लागेको छ ।

भौतिक पूर्वधार विकास मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर छवि सुवेदीले पोखरा–२० कालिमाटी खहरे र साउने खहरे खोलाका लागि परेको बजेटमा मनोमानी गरेको स्थानीयले बताए । मन्त्रालयबाट दुवै ठाउँमा जाली हाल्ने गरि ३० लाख रुपैयाँको योजना परेको थियो ।

Batas

त्यसको लागि गत पुस ९ गते अमर केसीको अध्यक्षतामा उपभोक्ता समिति समेत गठन भएको थियो । उपभोक्ता समिति गठन भएकै ३ दिन पछि इन्जिनियर छविले कुनै पनि जानकारी नगराई कम्सल खालको जाली ल्याएको स्रोतको दाबी छ ।

त्यति मात्र होइन, उनले पोखरा–२० का अध्यक्ष सिम गुरुङ र उपभोक्ता समितिका अध्यक्ष केसीलाई समेत इस्टिमेट बारे केही जानकारी दिएनन् ।

ठेकेदार पनि इन्जिनियर सुवेदीले आफैँले राखेको उपभोक्ता समितिका अध्यक्ष केसीले बताए । इन्जिनियर सुवेदीले एकलौटि ढंगमा काम गरेको अरोप केसीले लगाए ।

‘इस्टिमेट माग्दा पनि दिँदैनन्, योजना सम्बन्धी सोध्दा काम भइरहेको छ भन्नुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म १ सय ७० वटा जाली राख्नुपर्नेमा १ सय ६५ वटा मात्र हालिएको छ, किन यस्तो भयो भनेर सोध्दा हामीलाई केहि भन्दैनन् ।’ त्यतिमात्र होइन, भरिएको जालीमा ढुंगाहरु पनि नमिलाई राखिएको देखिन्छ ।

पोखरा–२० का अध्यक्ष सिम गुरुङले उपभोक्ता समिति गठन गर्दा मात्र इन्जिनियर छविले समन्वय गरेको र त्यसपछि आफ्नै तरिकाबाट काम गरे बताए ।

‘एक पटक त्यही योजना अन्तरगत काम गर्दा विवाद आएपछि म फिल्ड मै पुगेँ त्यो बेला पनि उहाँ आउनु भएन्, मैले पटक–पटक इस्टिमेट मागँे तर दिनु भएन ।’

इन्जिनियर सुवेदीले वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसँग समन्वय भएको भन्दै ढाँटे । ‘काम राम्रो भइरहेको छ,’ उनले भने, ‘नियम अनुसार काम भएको छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.