www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका नौ स्थानीय तह दमकलविहीन

 

 

गलकोट ।
बागलुङ जिल्लाका नौ स्थानीय तह दमकलविहीन छन् । जिल्लाको बागलुङ नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल छैन ।

गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढीगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् ।

Batas

दमकल अत्यावश्यक भएपनि हालसम्म खरीद गर्न नसकिएको र आगामी वर्ष बजेट विनियोजन गरेर खरीद गरिने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।

बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोकिने जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले बताए ।

जिल्लामा मोटरबाटोको सहजता भएसँगै दमकलको आवश्यकता महसुस भइरहेकोे गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकामै दमकल पुग्न सक्ने सडक सञ्जाल पुगेको छ ।

आवश्यकता भएपनि स्रोत साधनको अभावमा खरीद गर्न नसकिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए । अन्य स्थानीय तह क्षेत्रमा आगलागी हुँदा बागलुङ नगरपालिकाको दमकल गुहार्नुपर्ने अवस्था रहेको छ ।

आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.