www.tandavnews.com
Fact ~ In search of truth

बागलुङः नर्सिङ सेवासहितको वृद्धाश्रम निर्माण गरिने

बागलुङ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गरिने भएको हो ।

सुविधा सम्पन्न वृद्धाश्रम निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको समन्वयमा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थमन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गर्न थालिएको बताइएको छ ।

Batas

बागलुङ नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिस्कारमा परेका, स्याहारसुसार नपाएकालाई आश्रय दिनका लागि वृद्धाश्रम निर्माण गर्ने योजना चार वर्ष अघिनै अघि सारेको भए पनि अहिले आएर बजेट विनियोजन भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

‘सकेसम्म वृद्धाश्रम जाने वातावरण नबनोस् भन्ने आम धारण हुन्छ तर पछिल्लो समय वृद्धाश्रम अनिवार्य जस्तै बन्दै गएको विभिन्न स्थानमा सञ्चालनमा आएका आश्रमले देखाउँछ’, उनले भने, ‘घरमा बस्ने वातावरण नभएका, हेला होचामा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान र योग गर्न सिकाउने र खुशी जीवनयापन गर्न सिकाउने मूल उद्देश्य लिएर वृद्धाश्रम निर्माण गरिन लागेको हो ।’ वैदेशिक रोजगारिका लागि युरोप अमेरिका जानेले आफ्ना बुबाआमालाई वृद्धाश्रममा राख्ने गरेको समेत पाइएको छ ।

आर्थिक वर्ष २०७८-८९ मा एक तला भवन निर्माण गर्ने योजना रहेको र यसका लागि दुई करोड ६७ लाख बजेट विनियोजन भएर आएको छ । भवन निर्माणका लागि तत्कालै ठेक्का प्रक्रियामा जाने बागलुङ नगरपलिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिए ।

निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा अहिले एक तलाका दुईवटा भवन निर्माण हुनेछ । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा, डाइनिङसहित १४ कोठा निर्माण गरिने उनले जानकारी दिए । उक्त गुठीको जग्गामा मानव सेवाआश्रम निर्माण गर्न सात रोपनी जग्गा उपलब्ध गाराइएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवाआश्रम र वृद्धाश्रम दुबैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको हो । पाँच रोपनी जग्गामा कम्पाउड, पार्क, ब्यायम केन्द्र, ध्यान गर्ने सभाहलसहितको तीन वटा तीन तले भवन निर्माण भएर आश्रमले पूर्णता पाउन झण्डै १२ करोड खर्च हुने इञ्जिनीयर शर्माले बताए ।

‘निर्माण गर्दै जाने वृद्धवृद्धा राख्दै जाने नगरपालिकाको योजना हो, वृद्धाश्रम पूरा हुन त समय लाग्ला अहिले १४ कोठाको भवन बन्नेछ’ उनले भने, ‘विद्धाश्रममा स्वास्थ्यकर्मीसहितको सेवा हुनेछ, वृद्धाश्रम सञ्चालनका लागि कार्यवृद्धि बनाइनेछ ।’ वृद्धाश्रममा अस्थायी रुपमा अभिभावकत्व प्रदान गर्ने गरी वृद्धवृद्धा राख्न सकिनेछ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.