www.tandavnews.com
Fact ~ In search of truth

कैलालीका आर्मिले पोखराका आचार्यको रकम फिर्ता गरे

पोखरा
ताण्डव न्यूज ।

एसएमएसबाट ठगिमा परेका पोखरा–१९ पुरुन्चौरका अर्जुन आचार्यको रकम फिर्ता भएको छ । विदेशी महिला पेपिस डीयमिको नाम भएकी एक युवतीले आचार्यलाई एसएमएस मार्फत २५ लाख डलर उपहार परेको बताउदै सो उपहार लिन पहिला रकम पठाउने भन्दै १ लाख ५६ हजार ८ सय रुपैया ठगि गरेकी थिइन् ।

गोरखनाथ गण कैलालीमा कार्यरत ठगिमा परेको रकम फिर्ता पाएको आचार्यका भतिज किरणले ताण्डव न्यूजसँग बताए । एक साता अघि भएको सो घटनामा गोरखनाथ गण कैलालीमा कार्यरत नेपाली सेनाका उन्नतकुमार चौधरी पनि मुछिएका थिए ।

Batas

विदेशी महिलाले रकम हाल्नको लागि उन्नतकुमारको खाता नम्बर दिइएकी थिइन् । आफु ठगिमा परेको भन्दै आचार्य र उनका भतिज किरणले जिल्ल प्रहरी कार्यालय कास्कीमा उजुरी समेत दिएका थिइन् ।

नेपाली सेनाका चौधरीले आफ्नो बैक अकाउण्ट दाईले प्रयोग गरेको बताए । ‘मेरो अकाण्ट र एटिएम पनि दाईले चलागउनु हुन्छ,’ उनले भने, ‘दाई भारतमा कारोवार गर्नु हुन्छ, मेरो गल्ती छैन् ।’ माग माग्दै चौधरीले १ लाख ५० हजार रकम फिर्ता गरेका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.