www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष दर्शन लामा महानगर कार्यालय पुग्दा जे देखे…

पोखरा
ताण्डव न्यूज ।

आइतबार पोखरा १३का वडाध्यक्ष दर्शन लामा काम विशेषले पोखरा महानगर कार्यालय पुगे । महानगरको घडिमा ४ बजेर १६ मिनेट मात्रै गएको थियो ।

त्यहाँ पुग्दा वडाध्यक्ष लामा छक्क परे । कारण, महानगरमा कर्मचारी नै थिएनन् । २, ४ कर्मचारी देखिएपनि बाँकी टाप् कसिसकेका थिए ।

Batas

जनताको सेवा गर्न खटिइएका कर्मचारी नदेखेपछि वडाध्यक्ष लामाले भिडियो खिच्न सुरु गरे । महानगर कार्यालयका सबै फाँटको भिडियो कैद गरे उनले । र, आफ्नो फेसबुक वालमा पोष्ट गरिदिए ।

वडाध्यक्ष लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘भाग्य भए भेट हुन्छ माहानगरमा जनताका लागी काम गर्ने भन्ने मालिकहरु । जनताको सेवा गर्न निर्वाचित भएको हुँ । म जहाँ छु त्यसैलाई सुधार गर्नु पर्ने दायित्व मेरो हो । धेरै पटक प्रयास गरे, धेरै आरोप खेप्नु पर्याे । उनि थप्छन् ‘मेरो आन्दोलन जारी छ । यहाँहरुको साथको अपेक्षा गर्दछु । यो सहर तपाई हामीले नै निर्माण गर्ने हो सबैमा अभिवादन । समय ४ः१६ को अवस्था प्रमुखसंग कार्वाहीको माग गर्दछु । अबको बैठकमा मेरो माग यहि हुनेछ ।’

‘म ३ः३०मा पुग्दा पनि अवस्था उस्तै थियो’ वडाध्यक्ष लामाले ताण्डव न्यूजलाई सुनाए ।

भिडियो पोष्ट गरेपछि आएका सबै प्रतिक्रिया सकरात्मक छन् ।

वडाध्यक्ष लामाकै पोष्टमा अमृत सुवेदीले आफु महानगर पुग्दा कर्मचारी नभएको भिडियो पोष्ट गरेका छन् । ‘आउँदा ढिलो, जाँदा समय अगावै ’ सुवेदी लेख्छन् ‘जय महानगर’ ।

भिडियो लिंक :  https://www.facebook.com/lama.darshan/videos/2306272519397070/

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.