अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।
उपचारको क्रममा मृत्यु भएकी पोखरा–१४ चाउथेकी ४३ वर्षीया सुशीला कार्कीलाई न्याय दिन समिति गठन भएको छ । श्रीमान रामबहादुर कार्कीले दिएको यातना र कुटपिटका कारण उनको मृत्यु भएको आरोप लागेको थियो ।
घटनामा संलग्न रहेका श्रीमान र एक महिलालाई छुटाउन केही स्थानीय नेता लागि परेको भन्दै न्यायका लागि विभिन्न संघसंस्थाका महिला प्रतिनिधिसहित ९ जनाको समिति गठन भएको हो ।

सविना क्षेत्रीको संयोजकत्वमा उपसंयोजक उमा थापा, सदस्यमा लक्ष्मी राना श्रेष्ठ, सनुजा सिके, कल्पना भण्डारी, दुर्गा बराल र देवी कार्की रहेकी छन् । समितिले यस घटनामा गलत काम हुन नदिने संयोजक क्षेत्रीले बताइन् ।
‘यदि दोषीलाई कारवाही भएन भने हामी आन्दोलन गर्न पनि पछि पर्ने छैनौ,’ उनले भनिन्, ‘यस घटनामा संलग्न रहेका सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्छ ।’
पोखरा १४ वडाबाट प्रतिनिधित्व हुनेगरि समितिमा सदस्य रहेको उनले ताण्डव न्यूजसँग बताइन् । वडामा रहेका ५ महिला विकास समितिमा करिब ७ सय सदस्य छन् । सुशीलाको घटना अनुसन्धानमा कुनै कमिकमजोरी रहे सबै महिला न्यायकालागि उत्रने उनको भनाई थियो ।
सम्बन्धीत समाचार
सुशीलालाई श्रीमानले नै मारेको आरोप
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.