www.tandavnews.com
Fact ~ In search of truth

प्राइम सहकारीको एटिएम लेकसाइडमा

पोखरा
ताण्डव न्यूज ।

प्राइम सहकारीले पहिलो पटक एटिएम सेवा विस्तार गरेको छ । सहकारीले लेकसाइडबाट एटिएम सेवा सुचारु गरेको हो । एटिएमको उद्घाटन संस्थाका सल्लाहकार एवं जेष्ठ सदस्य थमबहादुर गुरुङले गरेका हुन् ।

यो सेवाले सहकारीमा नयाँ प्रविधिको प्रयाससँगै विदेशी नेटवर्कहरुले पनि नेपालको सहकारीमा सहकार्य गर्न सक्ने भएको सहकारीकी म्यानेजर निरु थापाले बताइन् ।

Batas

सहकारी ले एलोबेरा जुस र बाख्रा फ़ार्म पनी सञ्चालन गर्दै आइरहेको छ । प्रधान कार्यालय गैह्रपाटनमा रहेको सहकारीले आफ्नै भवन बुढीबजार लेखनाथबाट पनि सेवा प्रदान गर्दै आएको छ र भने बगर शाखाबाट पनि सेवा सुचारु रहेको छ । एटिएम सेवाबाट सेवाग्राहीलाई सहकारीप्रतिको लगाव र चासो अझ बढ्ने म्यानेजर थापाले बताइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.