www.tandavnews.com
Fact ~ In search of truth

मुडिकुवामा जीप दुर्घटना , ५ घाईते

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा भएको जीप दुर्घटनामा ४ जना घाईते भएका छन । बिहादी गाउँपालिकाको बर्राचौरबाट कुश्माका लागि छुटेको लु १ च ६१ ३५ नम्बरको जीप मुडकिुवामा रहेको माटेदेवल जनसहयोगी माध्यमिक बिद्यालयको नजिकै एक घरेको घुम्ती स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाईते हुनेहरुमा जीपका चालक कुश्मा नगरपालिका ४ छमर्केका २२ बर्षिय सुकबहादुर दर्जी, फलेवास नगरपालिका ११ पाङराङका ६४ बर्षिय खिलप्रसाद भटटराई र उनकी श्रीमती ५९ बर्षिया शिवकुमारी भटट्राई र बिहादी गाउँपालिका २ बर्राचौरका ४८ बर्षिय यादव गिरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी जवान रामकृष्ण पन्तले जानकारी दिए । घाईते पाँचै जनालाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ । जीपका चालक दर्जीले जीपमा ब्रेक नलागेका कारण दुर्घटना भएको बताएका छन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.