www.tandavnews.com
Fact ~ In search of truth

प्रहरी नियन्त्रणमा खतिवडा

पोखरा
ताण्डव न्यूज ।

गाली बेइजती तथा डर धम्की गरेको भन्दै उजुरी परेपछि युवराज खतिवडालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा ५ कि वडासदस्य अञ्जु केसीले खतिवडा विरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा आइतबार दिएको उजुरीको आधारमा खतिवडालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाटोको विषयलाई लिएर खतिवडा र केसी बिच विवाद चुलिएको थियो । खतिवडाले सार्वजनिक रुपमै अञ्जुले रकम मागेको आरोप लगाएका थिए ।

Batas

सोही आरोपप्रति आपत्ती जनाउँदै वडासदस्य अञ्जुले उजुरी दिएकि हुन् । त्यत्रि मात्रै होइन, आफूलाई धाकधम्की दिएको हुनाले पनि उजुरी दिएको उनले सुनाइन् । ‘मैले गालि बेइजजती मात्र नभएर शान्ती सुरक्षाकालागि पनि जिल्ला प्रशासनमा ठाडो उजुरी दिएँ’ उनले भनिन्,‘आज जाहेरी नै कास्की प्रहरीकहाँ दिँदै छु । मुद्धा दर्ता गरि कानुनी उपचारमा लाग्ने छु ।’

कास्की प्रहरीकै नियन्त्रणमा खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी ओम बहादुर रानाले ताण्डव न्यूजलाई बताए । ‘छलफलका लागि समय लिएका छौँ ।, ’ उनले भने, ‘घटनामाथि छलफल हुन्छ । यदि पिडित पक्षले मानेन र उजुरी दिएमा खतिवडालाई हिरासतमा राखिन्छ ।’

उनलाई कास्की प्रहरीले आइतबार बोलाएको प्रहरी श्रोतले बतायो । ‘आइतबार साँझ आएका थिए, ’ श्रोतले भन्यो, ‘सोमबार विहान ११ बजे हाजीर हुनेगरि खतिवडा फर्किए ।सोही अनुसार सोमबार विहान आएका खतिवडा अझै यहिँ छन् ।’

यो पनि पढ्नुहोस्

खतिवडाको कर्तुत : गुण्डागर्दी गर्दै पैसा असुली, पत्रकारसँग झुट बोले (भिडियोसहित)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.