www.tandavnews.com
Fact ~ In search of truth

वडाले दिएन बाटो निर्माणको सिफारिस, स्थानियले गरे तालाबन्दी

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

मोटरबाटो निर्माणको लागि वडाध्यक्षले सिफारिस नदीएको भन्दै पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीको वडा कार्यालयमा उपभोक्ताले तालाबन्दी गरेका छन् ।

मोटरबाटो निर्माण सम्वन्धी सवै कागजपत्र पु¥याएर जाँदा पनि वडा कार्यालयवाट सिफरिस नपाएका कारण उपभोक्ता समितिको नेतृत्वमा तालाबन्दी गरिएको समितिका अध्यक्ष पानबहादुर हमालले बताए । लुंखु–बान्द्रे–हुवास सडक खण्डको लागि गण्डकी प्रदेशवाट विनियोजित योजना कार्यान्वयन गराउन वडाबाट सिफारिस माग्दा नपाएकै कारण बाध्यताले ताला लगाउनुपरेको हमालको भनाई छ ।

‘गण्डकी प्रदेशवाट विनियोजित योजना कार्यान्वयन गराउन जिल्ला पूर्वाधार विकास समितिमा प्रक्रियागत रुपमा जानुपर्ने भएकाले हामी सिफरिस लिन गएका थियौँ ।’ उनले भने, ‘सडकको कार्य क्षेत्र महाशिला–५ लुंखुले सिफरिस गरिदियो तर, महाशिला ४ पाखापानीले सिफारिस दिन नमानेपछि हामी ताला लगाउन बाध्य भयौँ ।’

उपभोक्ता समितिले बिज्ञप्तीसमेत निकाल्दै वडाध्यक्ष नै विकास निर्माण बिरोधी देखिएकाले स्थानिय उपभोक्ता समितिले अनिश्चितकालिन ताला बन्दी गरेको जानकारी गराईएको छ । विकास निर्माणको काममा वडाध्यक्ष नै अग्रसर हुनुपर्ने भएपनि बिकास विरोधी मानसिकता देखिनु गलत भएको स्थानियको आरोप छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.