www.tandavnews.com
Fact ~ In search of truth

फरार २१ अपराधी पक्राउ

वालिङ ।

विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार रहेका ती प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा त्यसअन्तर्गतका प्रहरी एकाइबाट परिचालित प्रहरीले पक्राउ गरेको हो ।

चालू आर्थिक वर्षमा मात्रै प्रहरीले सार्वजनिक अपराध मुद्दाअन्तर्गत पाँच, बहुविवाहमा पाँच, कर्तव्य ज्यान मुद्दामा चार, अंशवण्डामा दुई तथा जर्बजस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध र ठगीमा एक÷एक फरार प्रतिवादीलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको हो । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.