www.tandavnews.com
Fact ~ In search of truth

हिउँका कारण उपल्लो मुस्ताङमा यातायात ठप्प

ठिनी ।
सडकमा जमेको हिउँका कारण उपल्लो मुस्ताङमा एक महीनादेखि यातायात सेवा प्रभावित बनेको छ ।

सडकमा हिउँ जमेकाले यातायात र ढुवानीका साधन सञ्चालन हुन नसकेपछि जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङवासीलाई घर फर्कन समस्या भएको छ । सडकमा हिउँ जमेर बरफ भएपछि यातायातका साधन सञ्चालनमा ल्याउन कठिनाइ भएकाले स्थानीयको सक्रियतामा सडक खुलाउन शुरु गरिएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।

अध्यक्ष विष्टका अनुसार घन, गल, गैती, बेल्चालगायतका सहायताले हिउँ पन्छाएर सडक खुलाउन थालिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका एक महीनादेखि सडक यातायातबाट विच्छेद छ । चिसो बढेपछि गत कात्तिकमा बेँसी झरेका उपल्लो मुस्ताङवासी केही दिनयता बढेको गर्मीसँगै घर फर्कन थालेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.