पोखरा
ताण्डव न्यूज ।
मालपोत कार्यालय कास्की जहिलेपनि विवादमा आउने गर्छ । अन्य सरकारी कार्यालयको तुलनामा धेरै भ्रष्टाचार हुने निकायको रुपमा चिनिन्छ । हुन त, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले यस्ता निकायबाट रंगेहात कर्मचारी पक्राउ भने नगरेको होइन । तर पनि विभिन्न बहानामा सेवाग्राहीबाट भ्रष्टाचार गर्ने काम भने रोकिएको छैन ।
फागुन १३ गते दिउसो एउटा घटनाले फेरी मालपोत कार्यालय कास्की बद्नाम भएको छ । एक सेवाग्राहीबाट ५सय रुपैया रकम लिएपछि कर्मचारी खुमलाल देवकोटाले २ दिनसम्म नबनेको काम १० मिनेटमै गरिदिए । त्यो देखेपछि सेवाग्राहीले कर्मचारी देवकोटालाई समातेर मालपोत कार्यालय प्रमुखको कार्यकक्षमा पुर्याए । त्यति मात्रै होइन ति कर्मचारी देवकोटाले रकम लिएको पनि स्वीकारे ।

हेर्नुहोस् भिडियो
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.