पोखरा
ताण्डव न्यूज ।
यूवालाई पशुपालन ब्यवसायमा आकर्षित गर्ने लक्ष्यका साथ सुरु भएको ३५ दिने तालीम सम्पन्न भएको छ । तालीममा पशु स्वास्थ्यको बारेमा यूवा ब्यवसायिहरुलाई जानकारी गराइएको थियो । पशु सेवा तालिम तथा परामर्श सेवाको आयोजना र फर्वाड नेपालको सहयोगमा तालीममा मकवानपुर, नवलपरासी, बाग्लुङ र गोरखा गरि विभिन्न जिल्लाका २१ यूवाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा डा.बिदुर पाख्रीन, भरत पोखरेल र कृष्ण प्रसाद बरालले पशुमा लाग्ने रोग ,ब्यबस्थापन र रोकथाम चुनौती र अवसरहरु, पशुस्वास्थ्यको क्षेत्रमा यूवाहरुको भूमिकाको बारेमा सहजीकरण गरेका थिए ।
तालीममा समापन कार्यक्रममा प्रमुख अतिथि रहेका भूमि व्यबस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव सरदचन्द« श्रेष्ठले तालीम लिनको लागि मात्र नभएर आत्मविश्वाश बढाउनका लागि भएको बताए। उनले तलिमले दिएको ज्ञान र अत्मविश्वाशलाई युवाले प्रयोग गरे सफल ब्यवसायि बन्न सक्ने बताए। त्यस्तै कार्यक्रमका सभापती, पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका कार्यकारी निर्देशक डा. बिदुर पाख्रीनले तालिमबाट पशुपालनको क्षेत्रमा बिज्ञहरु जन्माउने आशा व्यक्त गरे।
तालीममा सहभागिको तर्फबाट विक्रम अधिकारी र अभियान पाठकले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै फर्वाड नेपाल, चितवनका प्रोग्राम अफिसर डा. स्वतन्त्र डाँगीले यस्तो तालिम लिएर व्यवहारमा परिवर्तन ल्याउन सके सक्षम उद्यमि बन्न सकिने बताए। त्यसैगरि पशु सेवा तालिम केन्द्र पोखराका बरिष्ठ तालीम अधिकृत डा. गृष्म न्यौपानेले प्रशिक्षण कार्यक्रम सफल भएको र अब तालीमको सिप ब्यवहारमा उतार्ने बेला आएको बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.