www.tandavnews.com
Fact ~ In search of truth

हेलिकप्टर दुर्घटना :काँग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौँ ।

नेपाली काँग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

दुर्घटनामा मन्त्रीसहित वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

Batas

“शालीन तथा भद्र व्यक्तित्वका युवा एवं जुझारु नेता अधिकारीको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ, उनीहरुको निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ । काँग्रेस संसदीय दलले दिवङ्गत आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.