www.tandavnews.com
Fact ~ In search of truth

प्रतिक्षामा गुरुङ चलचित्र ‘शिरसुबा’

सुशान्त गाहा मगर,
ताण्डव न्यूज/पोखरा ।

‘हाम्रो चलचित्र बिल्कुल फरक र बेग्लै स्वादको छ ।’ यो आवाज चलचित्र निर्माता विमल गुरुङको थियो । उनले गुरुङ चलचित्र ‘शिरसुबा’ निर्माण गरिरहेका छन् ।

आफु वेलायत प्रस्थान गर्नुअघि पोखरामा तमु चलचित्रकर्मीले आयोजना गरेको विदाई कार्यक्रममा प्रस्तुत गरेको गुरुङको धारणा थियो । गुरुङका अनुसार मेश्रम बराह फिल्म प्रोडक्शन प्रालिको ब्यानरमा दोस्रो चलचित्रको रुपमा गुरुङ चलचित्र शिरसुबा निर्माण भैरहेको छ ।

Batas

गुरुङले उक्त चलचित्रको ८० प्रतिशत काम सकिसकेको बताए । ‘नेपालको सबै सुट सकियो, उनले भने, ‘अब हङकङको केही सुट बाँकी छ त्यसपछि सिनको सबै काम सकिन्छ ।’ गुरुङले भोईस डबिङको काम सकिएको बताउँदै पहिलो चरणको पोखरा सम्पादन समेत सकिएको जानकारी दिए ।

उनले चलचित्र निर्माणमा सबै प्राविधिक टोली काठमाण्डौँको रहेको बताउदै भने, ‘हाम्रो चलचित्र फरक स्वाद र पृथक बनोस भनेर मेन स्ट्रीम चलचित्रमा काम गरिरहेको प्राविधिक टोलीलाई बोलाएर काम गरेका हौँ । पहिलो चरणको सम्पादन सकिएको छ अब काठमाडौँ गएर फाईनल हुन्छ ।’

गुरुङले व्यक्तिको सुवाशेली (मिजाज) लाई केन्द्र भागमा राखेर तमु जातिको संस्कार संस्कृतिलाई आधार बनाई चलचित्र निर्माण भैरहेको बताए । उनले ८० प्रतिशत गुरुङ भाषाको प्रयोग गरिएको बताउँदै अन्य तमु चलचित्र भन्दा फरक स्वादको बन्नेमा जोड दिए ।

निर्माता गुरुङका अनुसार उक्त चलचित्र कास्कीको पर्यटकिय गाउँ घान्दु्रकको सेरोफेरोमा अधिकांश छायांकन गरिएको छ भने केही भाग हङकङको रहेको छ । सो चलचिलको कथा निर्माता स्वयम् विमल गुरुङको रहेको छ भने पटकथा र निर्देशन माओत्से गुरुङको रहेको छ ।

चलचित्रको मुख्य भुमिकामा स्याङ्जाका विश्वास गुरुङ, चितवनकी मिस चितवन सुमन गुरुङ, किम्रोङखोलाका सुमित गुरुङ र छोम्रोङकी प्रिति गुरुङ लाई देख्न पाईन्छ भने अन्य कलाकारको रुपमा अग्रज नायक सोम गुरुङ, आईतराम गुरुङ, अन्जु गुरुङ, टिकाराम घले, रविता, गुरुङ, अंशु गुरुङ विरवल गुरुङ, राजेन्द्र थापा, रजनी गुरुङ, सुरज गुरुङ लगायतको अभिनय रहेको छ ।

उक्त चलचित्र शुशान प्रजापतीले छायांकन गरेका छन् । उक्त चलचित्र आगामी बैशाख देखी प्रर्दशन गरिने तयारीमा रहेको समेत निर्माण पक्षले जनाएको छ ।

‘मेहनत गरेकी छु रिजल्ट पक्कै राम्रो आउँछ’ : नायिका सुमन

चलचित्र निर्माणमा आफुले निकै मेहनत गरेकोले सकरात्मक रिजल्टको आशामा छिन् नायिका सुमन गुरुङ । उनीले गुरुङ चलचित्र ‘म्हि न्होर्बै ट’ (आँखा भित्रको फुल) बाट डेब्यू गरेको बताउँदै करिअरको सुरु गरेको समेत बताईन् ।

‘यसअघि मैले आधा दर्जन म्युजिक भिडियोहरुमा अभिनय त गरिसकेको छु, उनले भनिन्, ‘चलचित्रमा मेरो यो दोस्रो प्रयास हो मेहनत गरेकी छु प्रतिफल पनि रामै्र आउला भन्ने आशा छ ।’ ‘म मिस चितवन भैसकेपछि मात्रै करिअरको बाटो उघ्रेको हो ।’ उनले भनिन् ।

गुरुङले करिअरमै पहिलो पटक अभिनय गरेको चलचित्र प्रति आभारी रहेको बताउँदै शिरसुबामा फरक लुक्स, र कलामा देख्न पाईने बताईन् । उनले ‘म्हि न्होर्बै ट’ ले अब्बल नायिका बन्नमा ठुलो टेवा पुर्याएको बताउँदै शिरसुबामा मौका पाएको सुनाईन् ।

उनले आगामी दिनमा स्टोरी मन परेको खण्डमा स्तरिय चलचित्रमा आफुलाई प्रस्तुत गर्ने बताईन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.