www.tandavnews.com
Fact ~ In search of truth

१३ औं बि.टी कप सेभेन ए साईड चैत्र १८ देखि

पोखरा ।

बुद्धटोल युवा क्लब बगरको आयोजनामा आगामी चैतमा “तेस्रो बिरेन स्मृति १३ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता हुने भएको छ ।

क्लबका सल्लाहकार स्व. बिरेन गुरुङको स्मृतिमा चैत १८ देखी २३ गते सम्म प्रतियोगिता सञ्चालन हुने आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । प्रतियोगितामा बिजेता टिमलाई शिल्ड, मेडल, तथा प्रमाणपत्र सहित १ लाख ३१ हजार १ सय ११ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष बिजया गुरुङले बताईन । गुरुङका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८० हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ ।

गुरुङले प्रतियोगितामा बिद्यागत पुरस्कारको ब्यवस्था गरेको उल्लेख गर्दै उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र स्टा«ईकरलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिने बताए । उनका अनुसार अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिनेछ ।

पोखरा महानगरपालिका –१ बगर स्थित पुरानो टुडिखेलमा हप्ता दिन सञ्चालन हुने सो प्रतियोगितमा टिम दर्ता शुल्क ७ हजार निर्धारण गरिएको क्बलका सचिब रेशम सापकोटाले बताए । प्रतियोगितामा अनुमानित ४० टिमको सहभागिता रहने उल्लेख गर्दै सापकोटाले सो प्रतियोगिता सम्पन्न गर्न अनुमानित १५ लाख खर्च हुने जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै क्लबका सल्लाहकार चन्द्र बहादुर गुरुङले बि.टी कप बिगत १३ बर्षदेखी आयोजना गर्दै आएको बताए । फुटबल क्षेत्रको बिकास र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्य सहित स्व. बिरेन गुरुङको स्मृतिमा आयोजना गरेको उल्लेख गरे ।

“वर्तमान आधुनिक समाजको स्वरुप, संरचना र सामाजिक ज्ञान, शिक्षा र स्वास्थ्यको लागि खेलकुद” भन्ने नारा सहित सञ्चालन हुने उक्त प्रतियोगितालाई नेपाले खलक भिचुक –७ कास्की, बि.टी हङकङ, र बि.टी युकेले मुख्य प्रायोजन गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.