www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा गोवरग्याँसको खाडलमा डुब्दा १८ महिने बालक मृत्यु

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको फलेवास नगरपालिका १० कुर्घामा गोवरग्याँसको खाडलमा डुवेर डेढ बर्षिय बालकको मत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार स्थानीय प्रीति नेपालीका १८ महिनाका छोरा रेगम नेपालीको सोमवार बिहान मृत्यू भएको हो ।

गोवरग्याँसको ट्याङकबाट ओभरफ्लो भएको पानी र गोवर जम्मा हुनका लागि बनाइएको खाडलमा तैरिएको अवस्थामा फेला परेका रेगमलाई उपचारको लागि तत्काल नै फलेवासमा रहेको धुलिखेल अस्पताल लगिएको भएपनि अस्पतालमा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार घरको आँगनमा खेलीरहेका बालक आमाबाबु कोही पनि नभएको बेलामा गोवरग्याँसको खाल्डामा खसेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.