www.tandavnews.com
Fact ~ In search of truth

विद्युत् सर्ट हुदाँ भीषण आगलागी, छ करोडको क्षति

भक्तपुर।

मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ ।

गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

Batas

भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा छ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताए ।

आगलागीबाट फर्निचर कारखानासँगै, शो रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका छन् । साथै श्रेष्ठको आफ्नै घरमा समेत क्षति पुगेको उनले जानकारी दिए। सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालनमा रहेको मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री, प्रदीप सिलवालको घरमा केही क्षतिसमेत भएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी छ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा आज बिहान ४ बजे आगो नियन्त्रणमा आएको हो ।
उद्योगका सञ्चालक राजु श्रेष्ठले आगलागीबाट सम्पूर्ण सामान नष्ट भएको, आफ्नै घरमा समेत क्षति पुगेको बताए । उनले आगलागीबाट छ करोडभन्दा बढीको क्षति पुगेको जानकारी दिए । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.