www.tandavnews.com
Fact ~ In search of truth

महोत्सवमा सुदूरपश्चिमको भाका सुन्न पाइन्छ

जीवन दाहाल (महासचिव)
पोखरा सिटी रेवान, कास्की

सातौँ सिटी रेवा महोत्सव फुड फेस्टिभल साथै क्यान मेला हामीले यही फागुनको १७ देखि २५ गतेसम्म भनेका थियौँ । विविध देशको परिस्थितिको कारणले गर्दा हामीले यसलाई २ दिन पछाडि सारेर फागुनको १९ देखि २७ गतेसम्म महोत्सव सञ्चालनमा ल्याएका छौ । हामी यौ सातौँ श्रृंखलासम्म आइपुगेका छाैँ । छैठौँ सम्मको महोत्सव हामीले सफलतापूर्वक सफल पारिसकेका छौँ ।

विशेषगरी सिटी रेवान महोत्सव पहिलो महोत्सवदेखि नै प्रर्दशनी केन्द्रमा सञ्चालन गर्दै आएका थियौँ । केही वर्ष केही महोत्सवहरु यहाँ गरिसके पछि हामी रगंशालामा केही वर्ष गर्यौँ । छैठौं श्रृंखलासम्म आइपुग्दा हामीले दशैँको बेला पारेर महोत्सव गर्दै आएका थियौँ । दशैँमा उपभोग हुने सामानहरु लिएर दशैँमा महोत्सव गर्दै आएका थियौँ ।

Batas

यो महोत्सव दशैँ महोत्सव भनेर पनि चिनिन्थ्यो । तर यसपालि दशैँमा नगरिकन फागुनमा ल्याएका छौँ । यो जिज्ञासाको विषय पनि छ किन महोत्सव सारियो । किन फागुन महिनामा ल्याइयो भन्ने कुराहरु छ । दशैँमा वर्खा पनि हुने नेपालीको ठुलो चाड भएको हुनाले सबै गाउँका मानिसहरु गाउँतिर जाने,बजारका मानिसहरु व्यापार गर्न बजारमै व्यस्त हुने भएको हिसाबले महोत्सव सारिएको हो ।

यो महोत्सव विशेष गरी सामान बेच्न होस् या यहाँको सामान खरिद गर्न आउने हुन् बजारतिर भन्दा पनि गाउँ केन्द्रित अलिकति बढी हुन्छ ।
हिन्दुधर्मालम्बीको महान पर्व जस्तै मानिन्छ शिवलाई पुजिन्छ त्यही शिवरात्रिको अवसर पारेर यो महोत्सव आयोजना गरेका हाँै ।

अहिलेको सिटी रेवान महोत्सव विगतका दिनहरुमा भन्दा केही पृथक हुन्छ । जस्तो हामी सिटी रेवान महोत्सव गर्दा प्रत्येक वर्षको महोत्सवमा विभिन्न हिसाबले, विभिन्न शीर्षकमा १० प्रतिशत छुट्याएर काम पनि गरेका छौँ । जस्तो सडक बालबालिकाको लागी केही आर्थिक सहयोग गछौँ । बाढी पहिरो र विपतमा परेकाको लागि केही प्रतिशत रकम छुट्याउँछौँ ।

पोखरा सिटी रेवान महोत्सवमा आर्कषणका लागि राखिएको विशाल शिवलिंग ।

विभिन्न सामाजिक कामका लागि पनि हामीले रकम छुट्याउँछौँ । वृद्धवद्धाका लागि पनि वृद्धाश्रमतिर पनि हामीले केही रकम छुट्याउँछौँ ।
प्रत्येक वर्षको महोत्सवबाट केही बचेको रकम हामीले पृथकपृथक शीर्षकमा पनि प्रयोग गर्दै आइराखेका छौँ । अहिलेको यो महोत्सवमा पोखरामा पहिलो पटक शिवलिगंको ठूलो मूर्ति देख्न पाउनेछौँ ।

शिवरात्रिको बेलामा सम्पूर्ण शिवप्रेमीहरुले महोत्सवमा आएर यस मूर्तिमा दूध चढाउन सक्नुहुनेछ । शिवलिगंको दर्शन गर्न सक्नुहुनेछ । यो शिवलिंग यो एरियाकै पहिलो र विशाल शिवलिंग पनि हो । यसबाट शिवसम्बन्धी केही ज्ञानहरु लिन सकिनेछ । भजनकिर्तन भइरहनेछ । त्यसले गर्दा यो महोत्सव पृथक छ ।

हामीले महोत्सवमा सांस्कृतिक पाटोतर्फ यतिबेला विद्यालय स्तरीय डान्स आइडल भनेर हामीले भनेका छौँ । यसमा एकल डान्स हुनेछ, त्यसमा विजयीले ५१ हजार, उपविजेताले २१ हजार प्राप्त गर्ने छन् । महोत्सवको आर्कषणमा डान्स आइडल थपिएको हो यसले महोत्सवलाई अझ भव्य बनाउनेछ ।

यसपालिको महोत्सवमा पोखरामा धेरै जिल्लाका मानिसहरु बस्नुहुने भएकोले सुदूरपश्चिमका गायकहरुलाई आमन्त्रण गरेका छाै । सुदूरपश्चिमका भाकाहरु यो महोत्सवमा सुन्न पाइनेछ ।

साथमा गृहिणी नृत्य प्रतियोगिता छँदै छ । दोहोरी गीत प्रतियोगिताको आयोजना पनि हामीले गरेका छौँ । विगतको वर्षहरु जस्तै बालउद्यान, रमाइलो मेला, विभिन्न स्टलमा विभिन्न उपभोग्य सामानहरु सांस्कृतिक कार्यक्रम रहने नै छ । अर्को कुरा प्रर्दशनी केन्द्रमा भएको स्टेज भन्दा फरक स्टेज बनाइनेछ ।

यसपालि महोत्सवमा क्यान कास्कीले हामीलाई साथ दिने भएको छ । क्यान कास्की र हाम्रो संयुक्त मेला भएको हुनाले विभिन्न कम्प्युटर, आईटिका सामग्रीहरु स्टलमा पाइनेछ र यससम्बन्धी परामर्श लिन सकिनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.