www.tandavnews.com
Fact ~ In search of truth

शिवरात्रिका लागि उखु (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

महाशिवरात्रिको अवसरमा पोखरामा उखु भित्रिएको छ । शिवरात्रीको दिन परम्परागत रुपमा उखु पट्काएर खाने प्रचलन छ । पाेखरामा याे पटक गत वर्षकाे तुलनामा कम उखु भित्रिएको व्यापारीहरु बताउँछन् ।

Batas

गोरखा र धरान लगायतका ठाउँबाट उखु आयत हुने व्यापारीहरु बताउँछन् । पोखरामा भित्रिएको उखु एक बन्डलको एक हजार रुपैयाँ पर्ने व्यवसायी वालाराम बराल बताउँछन् । उनका अनुसार प्रतिगोटा उखु ३५ रुपैयाँ देखि एक सय रुपैयाँसम्म पर्नेछ ।

‘यो पटक उखुको मूल्य बढेको छ । आयत पहिलाको तुलनामा कम रहेको छ,’ व्यवसायी वराल भन्छन्, ‘शिवरात्रिको लागि मात्र हो भोलिपल्ट विक्दैन् । पोहोर धेरै खेर पनि गयो यो पटक कम आयत भएकोले पनि सबै बिक्री हुन्छ कि ।’

शिवरात्रिमा उखु पड्काउँदा टुप्पोतिरको आधा भाग नष्ट भए पनि बाँकी खाने चलन छ । पोलेको उखु शिवरात्रिमा खाएमा स्वास्थ्यसमेत ठीक हुने मान्यता यहाँका स्थानीयमा छ ।

अहिले कृषि उपज केन्द्र , हङकङ बजार, सस्तो बजार, गण्डकी मिनि मार्केट, श्रीकम्प्लेक्स फलफुल तरकारी बजार र फलफुल बजार केन्द्रहरुमा तथा स–साना पसलहरुमा समेत उखुको विक्रि भैरहेको छ । शिवरात्रिको दिन साँझ चोकचोकमा धुनी बालेर उखु पड्काएर खाने प्रचलन छ ।

सबै तस्विर ः ताण्डव न्यूज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.