www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई पानी शुद्धिकरण गर्ने मेशिन (युरोगार्ड)

पोखरा ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले स्थापना दिवसको अवसरमा मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखरालाई पानी शुद्धिकरण गर्ने मेशिन (युरोगार्ड) सहयोग गरेको छ ।नेपाल ट्रेड युनियन काँग्रेसको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पानी शुद्धिकरण गर्ने मेशिन सहयोग गरेको हो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीकी निर्वतमान अध्यक्ष कुलदेवी बराल, सल्लाहकार माधव बराल र कास्कीका अध्यक्ष विजयराज भण्डारीले संयुक्त रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल ट्रेड युननिय काँग्रेस राष्ट्रिय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले ट्रेड युननिय काँग्रेस सधै श्रमिकका पक्षमा वकलात गर्दै जाने बताए ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले ट्रेड युनियन काँग्रेसको सहयोग प्रति आभार व्यक्त गरे ।नेपाल ट्रेड युनियन काँग्रेस गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल मजदुर संघका नाममा २००३ सालमा स्थापना भएको हो ।

Batas

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमलबहादुर सापकोटाले स्वागत र सचिव रुद्र तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.