www.tandavnews.com
Fact ~ In search of truth

विन्ध्यवासिनी धार्मिक तथा सांस्कृतिक महत्वको अनुपम स्थल हो : राष्ट्रपति भण्डारी

बिनिता सुनार ,
पोखरा /ताण्डव न्यूज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रमुख धार्मिक स्थल मध्य विन्ध्यवासिनी धार्मिक तथा सांस्कृतिक महत्वको अनुपम स्थल रहेको बताएकी छिन् । विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको समुद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएकी हुन् ।

‘पोखरा सुन्दर प्रकृति र विविधताले भरिपूर्ण पर्यटकीय नगरी हो, नेपालको प्रमुख धार्मिक स्थल मध्ये विन्ध्यवासिनी भगवती शक्ति पिठको ऐतिहासिक धार्मिक एंवम सांस्कृतिक महत्वको अनुपम पवित्र स्थल हो ।’ राष्ट्रपति भण्डारीले भनिन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जेष्ठ नागरिक तथा शारिरिक रुपमा अशक्त, श्रदालु भक्तजनहरुका लागि सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाउन सरानिय कार्य रहेको बताइन् ।

‘हामी सांस्कृतिक रितिरिवाज परम्परा र प्रचलनहरु सहित अनेकतामा एकता भएको सुन्दर मुलुकका बासिन्दा हौ,’ उनले भनिन्, जनसमुदायमा स्वतस्र्फुत रुपमा जार्गित भएको श्रद्धा र आस्थाका भावनाहरुले गर्दा ऐतिहासिक एंवम् सांस्कृतिक धरोहरहरुको संरक्षण स्वयम जनस्तरबाट हुदैँ आएको बताउँदै त्यसको एउटा ज्वलन्त उदाहरण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति रहेको धारणा व्यक्त गरिन् ।

समिति गठन भए पश्चात मन्दिर परिसरमा भएको विविध निर्माण संरक्षण र सम्र्वद्धन बाट पुर्वाधारको विकास भएको स्पष्ट देखिएको बताइन । ‘समितिले सम्र्वद्धन र संरकक्षण गर्नुका साथै जेष्ठ नागरिकहरुको सेवा सुविधाका लागि जेष्ठ नागरिक मिलन केन्द्र, गुरुकुल बहुउद्देश्य सभा भवन निर्माण, योग सिविर संञ्चालन गरेको छ,’ उनले भनिन्, ‘धर्मको एक महत्वपूर्ण पक्ष भनेको सेवा हो, यसै भावबाट अभिप्रेरित र उत्साहित भएर विन्ध्यवासिनी मन्दिर दर्शनका लागी भौतिक रुपमा असमर्थ तथा फरक शारिरीक क्षमता भएका नागरिकहरुको लागि सुविधाका लागि लिफ्ट जडान गरिनु प्रशंसनीय कार्य रहेको छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.