पोखरा
ताण्डव न्यूज ।
पोखरा स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा वृद्ध तथा अशक्त भक्तजनहरुलाई टेवा पु¥याउने उद्धेश्यले लक्ष्मीगु्रप, नेपाल तथा हुन्डाई मोटर कम्पनी, दक्षिण कोरियाको सहकार्यमा निर्मित लिफ्टको आज बिहीबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्या देवि भण्डारीले लिफ्टको उद्घाटन गरेकी हुन् ।

सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट समितिका अध्यक्ष तथा लक्ष्मी गु्रप नेपालका अध्यक्ष गणेश बहादुर श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरे । उनले विन्ध्यवासिनी मन्दिरको बारेमा थप प्रष्ट पार्दे समितिका तर्फबाट भएका कार्यहरुको विवरण अवगत गराए । समितिले आफ्नो स्थापना भए पश्चात शिव मन्दिर, राधा कृष्ण मन्दिर, शन्त निवास, गुरु कुलभवन, अष्ट चिरन्जिवी तथा नवग्रह मन्दिर, यज्ञ मण्डपहरु, अखण्ड हवन मण्डप, विन्ध्यवासिनी बहुउध्यशीय भवन, मन्दिर परिसरमा ढुङ्गा छाप्ने कार्य, जलधारा, पौवाादिको निर्माण भएको जनाए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुरजी.सी., दक्षिण कोरियाका राजदुत पार्क योङ–सिक, दाता हुन्डाई मोटर कम्पनीका प्रतिनिधि, लक्ष्मी ग्रुप नेपालका प्रतिनिधिहरु लगातको उपस्थिती रहेको थियो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.