www.tandavnews.com
Fact ~ In search of truth

एउटै कार्यक्षेत्र भएका सहकारी अनिवार्य मर्ज हुनुपर्ने

पोखरा ः सरकारले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरूलाई अनिवार्य ‘मर्ज’ गर्ने तयारी गरेको छ।

भूमी व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले एउटै कार्यक्षेत्र भएका सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा ‘मर्ज’ हुने गरी आवश्यक नियमावली बनाउन लागिएको जानकारी दिए । मंगलबार नेपाल सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको सचिव मैनालीले एउटै विषय र क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका सहकारी संस्थाहरूलाई पनि मर्ज हुने गरी नियमावली बनाउने तयारी गरिएको जानकारी दिए।

सहकारी संस्थाहरूको संख्या बढिरहेका बेला सरकारले त्यसलाई नियमन गर्न ‘मर्जर’ अभियानलाई अघि बढाउन लागेको हो। सचिव मैनालीले वडा स्तरमा, स्थानीय तहको स्तरमा र प्रदेश स्तरमा सहकारी संस्थाहरूको मर्ज हुने कानुनी व्यवस्था गर्ने योजना पनि अघि सारेका हुन।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.