www.tandavnews.com
Fact ~ In search of truth

बालिकामाथि यौन दुव्र्यवहार गर्ने ५० वर्षीय भीमप्रसाद पक्राउ

इलाम ।

सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिका आफ्नै घरमा बसिरहेका बेला पाठकले हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेका थिए ।

Batas

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक चूडामणि पौडेलका अनुसार बालिका कराएपछि घरका अन्य सदस्यले जानकारी पाएका थिए । बालिकाका आफन्तको उजुरीपछि पाठकलाई शुक्रबार पक्राउ गरेर करणीअन्तर्गत दुव्र्यवहारमा मुद्दा दायर गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस) :

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.