www.tandavnews.com
Fact ~ In search of truth

१३ फोटोमा सेउती खोलाको डिलमाथि रहेकाे ‘बुढासुब्बा’

धरान
ताण्डव न्यूज । 

बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरानको बिजयपुरमा रहेको छ । विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर आदि बली दिएर पूजा अर्चना गर्ने देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ । यो मन्दिरको थप विशेषता भनेको टुप्पो नभएको बाँसहरूको बीचमा रहनु पनि हो ।

Batas

धरान बिजयपुरको बूढासुब्बा स्थान किराँती धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मन्दिर मानिन्छ । बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्का उठाइएका छन् जसलाई बूढासुब्बा र बूढी सुब्वेनीका रूपमा पूजा आजा गर्ने चलन छ ।

दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेली र मट्याङ्ग्राले हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता राखिन्छ ।

बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ । उक्त दिन बूढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ । यस स्थानमा किराँत धर्मावलम्बी मात्र नभएर अन्य मानिसहरू समेत भाकल गर्ने र पशुवलि दिने गर्दछन् ।

सबै तस्विर : अर्जुन गिरी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.