www.tandavnews.com
Fact ~ In search of truth

भाषणमा मात्र ट्राफिक लाइट व्यवस्थापन

सम्पादकीय

पोखरा पर्यटकीय सहरमात्र होइन, मुलुककै सबैभन्दा ठूलो महानरपालिका पनि हो । यही महानगरले ‘स्मार्ट सिटी’ को अवधारणा पनि ल्याएको छ । तर, समस्या बढ्दो सवारी चाप नियन्त्रण गर्नको लागि यहाँका चोकको एक ठाउँमा पनि ट्राफिक लाइट छैन् । जसरी गर्दा उत्तिकै ट्राफिक जामले हैरानी सर्वसाधरणलाई जाम सास्ती खेप्नु परेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा दैनिक डेढ लाख सवारी कुद्छन् । संरचना अनुसार यहाँ भिआइपी मुमेन्ट पनि बढ्दो छ । प्रदेशका मन्त्रालय र मन्त्रीहरुको केन्द्र भएकै कारणले पनि सवारीको चाप पछिल्लो समय बढ्दै छ । देशको राजधानी काठमाडौंले आफूलाई ट्राफिक जामको पर्याय बनाइरहँदा पोखराले पनि अहिले १० देखि १५ मिनेटको जाम भोग्न बाध्य छ ।

यो अवस्थामा ड्यूटीमा भएका ट्राफिक प्रहरीलाई कहिलेकाहीं जामकै कारणले तनाव बनाउँछ । ट्राफिक लाइट हुने हो भने, केहि हदसम्म भएपनि सवारीको आहोरदोहोर व्यवस्थित हुने आँकलन गर्न सकिन्छ ।

Batas

पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, सिर्जनाचोक बढी चहलपहल हुने क्षेत्र हुन् । यहाँको सडक छेउमा अझै पनि ट्राफिक लाइटका स्ट्याण्ड देख्न सकिन्छ । तर, ट्राफिक लाइटहरु जिर्ण अवस्थामा छन् । स्ट्याण्डहरु खिइएर भाँचिएका छन् । त्यसको पुनः निर्माणका लागि बेला–बेला आवाज गुञ्जिने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

सांसद देखि विभिन्न साँगठनिक संस्थाहरुले चुनावमा पनि ट्राफिक लाइट जडान गर्ने नारा बुन्छन् । तर, यसको प्रक्रिया कतैबाट पनि अगाडि बढेको छैन् ।

यहाँका सडकमा ट्राफिक लाइटको आवश्यकता देखेर महानगरले जडान व्यवस्थापन सुरुवात गरेपनि सोही अनुरुपका लाइट थप्न सकेन । उपमहानगरपालिका हुँदै महानगर बनेको पोखराको प्रत्येक बजेट भाषणले ट्राफिक व्यवस्थापनको स्थान त पाउँछ । तर, काम कछुवाको गतिमा पनि हुन सकेको छैन् ।

पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग जोडिएको पोखरामा ठूला गाडीलाई मुख्य चोकबाटै जाने गर्छन् । किनकि यहाँ एक राजमार्गबाट अर्को राजमार्ग जाने वा मुख्य चोक नपुगी गन्तव्यसम्म जाने कुनै वैकल्पिक मार्ग छैन । जसले गर्दा ठूला–साना सबैखाले गाडीले पोखराका मुख्य चोक पुग्नु पर्दा चाप अझ बढी थपिन्छ ।

ट्राफिक लाइट नहुँदा प्रहरीको हातको इसारा हेर्दै सिठीको आवाज सुनेर सडक पार गर्नु उत्तिकै जोखिम र चुनौतीपूर्ण छ । जसका कारण मुख्य चोकमा सकसपूर्ण जाम त छँदैछ, दुर्घटना पनि उत्तिकै बढिरहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.