www.tandavnews.com
Fact ~ In search of truth

आइपिएल खेल्न सन्दीप भारत प्रस्थान

काठमाडौँ ।

भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दिप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन् । सन्दिपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १० गते मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

गत सिजनको आइपिएपलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दिप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका थिए । सन्दिपले गतवर्ष दिल्लीबाट अन्तिम तीन खेलमा पाँच विकेट लिँर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा सन्दिपको पारिश्रमिक २० लाख भारतीय रुपैयाँ रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.