पोखरा
ताण्डव न्यूज ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठलाई बलत्कारको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठ विरुद्ध कास्की कै एक विद्यालयमा कक्षा आठमा पढ्ने १६ वर्षकी किशोरी माथी बलत्कार गरेको आरोपमा पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

किशोरी आरोपी श्रेष्ठको छिमेकीको घरमा घरेलु कामदारको रुपमा काम समेत गर्दै आएकी छन् । जिप्रका कास्कीमा पिडित किशोरीले दिएको प्रारम्भीक बयानको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैंकका मेनेजर पनि पक्राउ
किशोरीको प्रारम्भीक बयानको आधारमै यौन दुब्र्यवहार गरेको आरोपमा एनआइसी एसिया बैंकका फुलबारी बस्ने पर्स्याङ शाखाका शाखा प्रमुखलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई पटक पटक यौन दुब्र्यवहार गरेको आरोपमा शाखा प्रमुख सुवास सुबेदीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । श्रेष्ठले बलत्कार नै गरेको र सुबेदीले यौन दुब्र्यबहार मात्र गरेको आरोप पिडित किशोरीले लगाएको स्रोतले जानकारी दियो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.