www.tandavnews.com
Fact ~ In search of truth

लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला, महोत्सव माघ १३ गतेदेखि हुने

अञ्जना रेग्मी

पोखरा, ताण्डव न्यूज

“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ १७ औं लेखनाथ महोत्सव माघ १३ देखि २४ गतेसम्म संचालन हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा तालचोकस्थित करिब ५० रोपनी क्षेत्रफलको जमिमा स्टलहरु निर्माण गरी महोत्सव गर्न लागिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बताए ।

Batas

कोभिड १९ का कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाएर समग्र आर्थिक गतिविधी बढाउन, औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको उनको भनाई छ ।

महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धनमा सघाउ पुग्ने महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक गोपिचन्द्र बास्तालेलाले बताए । उनकै भनाईमा महोत्सवले जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटन प्रवद्र्धनमा लाई सहयोग पुग्नेछ ।

“महोत्सव अन्र्तगत साहित्यीक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदीबासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी समेत हुनेछ” पत्रकार सम्मेलनमा बोल्दै संयोजक बास्तोलाले भने “जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिबासी जनजाति तथा आमा/महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सट साथै खेलकुद कार्यक्रमलाई पनि यस वर्ष जोडिएको छ ।”

महोत्सवका कार्यक्रमहरुलाई सञ्चालनका लागि ८ सदस्यीय निर्देशक समिति, ३६ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । करिब ३०० स्टल रहने यस महोत्सवमा करिब २ लाख पचास हजार दर्शकले मेला अवलोकन गर्ने र करिब १० करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

महोत्सवमा करिब १ करोड ५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ९० लाख खर्च भई रु १५ लाख बचत हुने अनुमान गरिएको छ । संघका सदस्यहरुलाई प्राथमिकता दिई १० प्रतिशत छुटमा आज ‘आईतबार’ देखि स्टल बुकिङ खुल्ला गरिएको छ भने अरु सर्वसाधारणका लागि पौष ११ गते देखि स्टल बुकिङ खुल्ला गरिने सो अवसरमा जानकारी गराइएको छ ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा बेगनासताल परिसरमा एक उत्कृष्ट स्तरको डिस्प्ले बोर्ड निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने दावी गरिएको छ ।

 

– प्रशिक्षार्थी पत्रकार

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.