www.tandavnews.com
Fact ~ In search of truth

सामुदायिक भवनका लागि जग्गादान

म्याग्दी ।

बेनी नगरपालिका–१० पात्लेखेतका एक परिवारले गाउँमा सामुदायिक भवन निर्माणका लागि करीब पाँच लाख मूल्य रुपैयाँ बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

पात्लेखेतका मोमाकुमारी मल्ल ९भीमकुमारी०को परिवारले बेनी नगरपालिकाले बनाउन लागेको चार कोठे बहुउद्देश्यीय सामुदायिक भवनका लागि छ आना जग्गा निःशुल्क उपलब्ध गराएको हो ।

भीमकुमारी, उनका छोरा भगवान र प्रताप तथा बुहारी निर्मला मल्लले आइतबार जिल्ला मालपोत कार्यालयबाट बेनी नगरपालिका–१० नम्बर वडा कार्यालयलाई जग्गा रजिष्ट्रेसन पास गरिदिएको कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिए ।

वडाध्यक्ष पुनका अनुसार मल्ल परिवारले उपलब्ध गराएको जग्गाको मूल्य करीब  पाँच लाख रुपैयाँ अनुमान गरिएको छ । मल्ल परिवारले उपलब्ध गराएको जग्गामा बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको १७ लाख बजेटबाट सामुदायिक भवन निर्माण शुरु भएको छ ।

स्थानीय सिद्ध महिला विकास सहकारी, वन, कृषक समूह, युवा क्लबलगायत सामाजिक सङ्घ संस्थाको कार्यालयका लागि सामुदायिक भवन प्रयोग गरिने भएको छ । चालू आर्थिक वर्षमा भित्रनै एक तले भवन निर्माण सक्ने लक्ष्यसहित काम शुरु भएको कार्यवाहक वडाध्यक्ष पुनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.