www.tandavnews.com
Fact ~ In search of truth

नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवमा ओझा

काठमाडौँ ।

नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवको जिम्मेवारी उपमहासचिव भीष्मराज ओझाले सम्हालेका छन् । युनियनको मङ्गलबार बसेको केन्द्रीय सचिवालयकोे बैठकले तत्कालीन महासचिव अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदको जिम्मेवारी उपमहासचिव ओझालाई सुम्पिएको हो ।

कांग्रेसको विधानअनुसार पार्टीको पदाधिकारी एवं सदस्यमा निर्वाचित भएपछि अर्को पद स्वतः खारेज हुने व्यवस्था छ । बैठकले शिवाकोटीलाई हालसम्म महासचिव पदमा रहेर गरेको योगदानका लागि धन्यवाद दिँदै उनलाई बधाई तथा शुभकामना प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

Batas

बैठकपछि युनियनको कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शिवाकोटीले उपमहासचिव ओझालाई माइन्यूटसमेत हस्तान्तरण गरे । दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा रहेका उनि हाल राष्ट्रिय समचार समिति (रासस)को वरिष्ठ समाचारदाताका रूपमा कार्यरत छन् । पत्रकारितामा स्नातकोत्तर गरेका ओझासँग तीन कार्यकालदेखि प्रेस युनियनको पदाधिकारीमा रहेर काम गरेको अनुभव छ ।

(रासस)
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.