www.tandavnews.com
Fact ~ In search of truth

विप्लव माओवादीमाथि लगाइएको प्रतिवन्धप्रति राष्ट्र निर्माण शक्तिको ध्यानाकर्षण

पोखरा,
ताण्डव न्यूज ।

सरकारले यहि फागुन २८ गते नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा पार्टीलाई लुटेरा समूहको संज्ञा दिदैँ लगाएको प्रतिबन्ध प्रति राष्ट्र निर्माण शक्तिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले स्वार्थका लागी नेकपालाई प्रतिबन्ध लगाएको भन्दै राष्ट्र निर्माण शक्तिका अध्यक्ष सुरेश गिरीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको हो । विप्लव माओवादीलाई प्रतिवन्ध लगाउनुको साटो वार्ता र संवादबाट सहमतीमा ल्याई राजनीतिको मुलधारमा ल्याउन राष्ट्र निर्माण शक्तिले सरकारलाई आग्रह गरेको छ ।

Batas

लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दल खडा गरी जनताको अधिकारको निम्ति शान्तिपूर्ण संघर्ष गर्ने अधिकार प्रत्येक नेपालीलाई भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.