www.tandavnews.com
Fact ~ In search of truth

पर्वत : नशामा ‘सन्तोष’को हत्या, भागेर जंगल पुगेका तीन साथी पक्राउ

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

मादक पदार्थ सेवन गरेको आवेगमा आफ्नै साथीको हत्या गरेका ३ जनालाई पर्वत प्रहरीले जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ ।

जिल्लाको मोदी गाउँपालिका वडा नं. ८ चित्रेका ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद वि.क.को हत्यामा संलग्न उनकै ३ जना साथीहरूलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

Batas

गएको चैत १२ गते मङ्गलवार राती ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाहरूबिच झगडा हुँदा २३ वर्षीय दलबहादुर नेपाली, २३ वर्षकै रविन सुनार र २६ वर्षीय कृष्णबहादुर सुनारले गङ्गाप्रसादको हत्या गरेका थिए । चित्रेको नेपानेमा रहेको सादी खोलामा उनीहरूले गङ्गाबहादुरको हत्या गरेर उनको शवलाई नाङ्गो बनाएर फालेका थिए ।

घट्ना पश्चात् नेपानेमै रहेको सामुदायिक जङ्गलमा लुकेर बसेको अवस्थामा डिएसपी तिवारी सहितको टोलीले मङ्गलवार राती नै दलबहादुर र रविनलाई पक्राउ गरेको थियो । घट्नापछि कृष्णबहादुर भने फरार रहेका थिए ।

उनको खोजी गर्न पर्वत प्रहरीले पोखरा र चितवनको टाँडीमा पनि टोली खटाएको थियो। अन्ततः कृष्णबहादुर पनि नेपानेकै जङ्गलबाट चैत १५ गते शुक्रवार बिहान साढे ४ बजे प्रहरीको हातमा परे । घट्ना भएको ठाउँ वरपर रातीमा पनि सूक्ष्म निरीक्षण गरिरहेको प्रहरी टोलीले भोक लागेपछि खानेकुरा खोज्न जङ्गल बाहिर निस्कने क्रममा उनलाई पक्राउ गरेको हो ।

उनीहरूका बिचमा के विषयमा झगडा भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ । पक्राउ परेका तीनै जनालाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.