www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका मन्त्री शर्माले गरे पदभार ग्रहण

पोखरा/ताण्डव न्यूज

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणका लागि मन्त्रालय पुगेकका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रमुखमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेलल गायत कर्मचारीहरुले स्वागत गरेका थिए ।

Batas

पदभार ग्रहणसँगै उनले दुइ वटा महत्वपूर्ण निर्णयहरु गरेका छन् । उनले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् । त्यस्तै,पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन् ।

त्यसलगत्तै मन्त्रीशर्माले मन्त्रालयका कर्मचारीहरुलाई उच्चमनोबलका साथ ढुक्क भएर काम गर्न निर्देशन दिए । ‘कर्मचारी नै स्थायी सरकार भएको बताउँदै उनले सेवाग्राहिको आवश्यकता सम्बोधनगर्ने गरी काम गर्न आग्रह गरे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.