www.tandavnews.com
Fact ~ In search of truth

देशका अधिकांश भागमा मौसम बदली रहने

पोखरा
ताण्डव न्यूज ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका विभिन्न स्थानमा मौसम बदली हुने बताएको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका विभिन्न प्रदेशमा सामान्यदेखि पूर्ण मौसम बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । महाशाखाले अहिले देशको प्रदेश १, प्रदेश २ तथा पहाडी भू–भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेको बताएको छ । यस्तै आज दिउँसो देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । अपराह्नपछि देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Batas

यस्तै आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने भन्दै महाशाखाले देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.